राष्ट्रपति पौडेललाई चीन र जापानले दिए बधाई

काठमाडाैं | फागुन ३०, २०७९

राष्ट्रपति पौडेललाई चीन र जापानले दिए बधाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ। सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्।

 

नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्‌ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्। 

 

यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्। उनले नेपाल-र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्।

 

गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो।जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।


 
पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो।

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

थप पढ्नुहोस्